Kathmandu Press

कोरोना संक्रमणबाट पाटन अस्पतालमा एक वृद्धाको मृत्यु

काठमाडौं, साउन १६ : कोरोना भाइरसको संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा उपचाररत एक वृद्धाको मृत्यु भएको छ।

शुक्रबार बिहान ६५ वर्षीया वृद....

कोरोना संक्रमणबाट पाटन अस्पतालमा एक वृद्धाको मृत्यु

काठमाडौं, साउन १६ : कोरोना भाइरसको संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा उपचाररत एक वृद्धाको मृत्यु भएको छ।

शुक्रबार बिहान ६५ वर्षीया वृद्धाको मृत्यु भएको अस्पतालका निर्देशक डा.विष्णु शर्माले बताए। उनी तराईबाट रिफर भएर पाटन पुगेकी थिइन्। उनी उपचारका लागि साउन ६ गते पाटन अस्पताल भर्ना भएकी थिइन्। उनलाई आईसीयूमा राखेर उपचार भइरहेको थियो।

बिहीबार साँझदेखि उनलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो। उनी उच्च रक्तचापबाट पीडित रहेको डा.शर्माले बताए। योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ।

प्रकाशित मिति: १३:१९ बजे, शुक्रबार, साउन १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्