Kathmandu Press

वीरगञ्जमा दुई चिकित्सकसहित ४४ जनालाई कोरोना

वीरगञ्ज, साउन १६ : पर्सामा दुई चिकित्सकसहित ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

 नारायणी अस्पतालको प्र....

वीरगञ्जमा दुई चिकित्सकसहित ४४ जनालाई कोरोना

वीरगञ्ज, साउन १६ : पर्सामा दुई चिकित्सकसहित ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

 नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुई चिकित्सकसहित ४४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। कोरोना संक्रमण देखिएकाहरु पर्सा, बारा र रौतहटका वासिन्दा रहेका छन्। जसमा पर्साका ४१, बाराका दुई र रौतहटका एक जना रहेको नारायणी अस्पतालले जनाएको छ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार १२ जना महिला र ३२ जना पुरुषमा संक्रमण देखिएको हो। उनका अनुसार अस्पतालमा डायलासिस गरिरहेका तीन जना मृगौला रोगीलाई पनि कोरोना देखिएको छ।

संक्रमितको सम्पर्कमा आएका चिकित्सकमा पनि कोरोना देखिएको उनले बताए। जसमा दुई चिकित्सकसहित ११ जना स्वास्थ्यकर्मी रहेका छन्। उनीहरु आईसीयू र ओपीडी बिभागमा कार्यरत छन्।

 

प्रकाशित मिति: १२:१३ बजे, शुक्रबार, साउन १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्