Kathmandu Press

जनकपुर उच्च अदालतका न्यायाधीशमा कोरोना, साउन मसान्तसम्म अदालत बन्द

काठमाडौं, साउन १६ : जनकपुर उच्च अदालतका एक न्यायाधीशलाई कोरोना संक्रमण भएको छ। न्यायाधीशमा कोरोना देखिएपछि अदालतका कामकारबाही बन्द गरिएको छ।

उनी विदामा घर गएर आएपछि गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो। उनीसहित उच्च अदालतका न्याायाधीश र कर्मचारी गरी २२ जनाको कोरोना परीक्षण गरिएको थियो। जसमध्ये एक जनालाई मात्रै कोरोना संक्रमण पुष्टि भएको उच्च अदालतका एक कर्मचारीले जानकारी दिए।

कोरोना देखिएका न्यायाधीश छोरासँग डेरामा बस्दै आएका थिए। उनी अहिले सेल्फ क्वारेन्टिनमा बस्दै आएको कर्मचारीले जानकारी दिएका छन्।

यसअघि उच्च अदालत जनकपुर राजविराज इजलासका एक न्यायाधीशमा पनि कोरोना संक्रमण देखिएको थियो। न्यायाधीशमा नै कोरोना संक्रमण देखिएपछि आजदेखि साउन मसान्तसम्म अदालतका कामकारबाही बन्द गरिएको छ।

उच्च अदालतका कामु मुख्य न्यायाधीश पुष्पराज कोइरालाको अध्यक्षताका बसेको बैठकले साउन मसान्तसम्म अदालत बन्द गर्ने निर्णय गरेको हो। अदालतमा लकडाउनका वेलामा गरिँदै आएका (बन्दीप्रत्यक्षीकरणलगायतका मुद्दा) जस्तो काम मात्रै गरिने निर्णय गरिएको छ।

प्रकाशित मिति: १२:१० बजे, शुक्रबार, साउन १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्