Kathmandu Press

इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाकाे बाँधस्थलमा पहिरो

सिन्धुपाल्चोक, साउन १६ : इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थलमा पहिरो गएको छ। पहिरोले आयोजनाको उत्पादन ठप्प भएको छ।

सिन्धुपाल्चोकक....

इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाकाे बाँधस्थलमा पहिरो

सिन्धुपाल्चोक, साउन १६ : इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थलमा पहिरो गएको छ। पहिरोले आयोजनाको उत्पादन ठप्प भएको छ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल–८ तिपेनीमा रहेको ७.५ मेगावाट उत्पादन क्षमता भएको आयोजनाको बाँधस्थलमा गएराति २ बजेतिर पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पहिरोले आयोजनाको सुरुङमार्गको मुख्य प्रवेशद्वार, फ्लसिङ सिस्टम (पोखरीबाट बालुवा फाल्ने) तथा पोखरीलाई पूर्णरूपमा क्षति पुर्‍याएको छ।

पहिरोले तिपेनी बजार तथा पहिरोमाथिको मानव बस्तीसमेत जोखिममा परेको गाउँपालिका अध्यक्ष टासी लामाले बताए। निरन्तरको वर्षा तथा पाँचपोखरी पर्यटनमार्गको निर्माण र विस्तारका कारण उक्त क्षेत्रमा यसअघि पनि पहिरो खस्दै आएको थियो।

पहिरोका कारण सवारी साधन तथा मानिसको आवतजावतसमेत बन्द भएको छ। पहिरो गएको स्थानमा वैकल्पिक बाटोसमेत नहुँदा सयौँ मानिस अलपत्र परेका छन्।

पहिरोका कारण अलपत्र मानिसको उद्धार तथा अवरुद्ध बाटो खुलाउन प्रयास भइरहेको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष लामाले बताए। (रासस)

 

प्रकाशित मिति: ११:५३ बजे, शुक्रबार, साउन १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्