Kathmandu Press

१० अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं, चैत १० : लगातार ट्रेजरी बिलको बिक्री गर्दै आएको नेपाल राष्ट्र बैंकले पुनः सोमबार त्यस्तै बिल बिक्री गर्ने भएको छ। बोलकबोल प्रक्रिय....

१० अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
फाइल फोटो

काठमाडौं, चैत १० : लगातार ट्रेजरी बिलको बिक्री गर्दै आएको नेपाल राष्ट्र बैंकले पुनः सोमबार त्यस्तै बिल बिक्री गर्ने भएको छ। बोलकबोल प्रक्रियाबाट १० अर्ब ३३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको बैंंकले आइतबार एक सूचनामार्फत जानकारी दिएको छ। 

बैंकका अनुसार चार अर्ब तीन करोड रूपैयाँ बराबरको ट्रेजरी भने ९१ दिनका लागि बिक्री गर्न लागिएको हो। यस्तै चार अर्ब ३० करोड बराबरको ट्रेजरी १८२ दिनका लागि र दुई अर्ब बराबरको ट्रेजरी ३६४ दिनका लागि बिक्री गर्न लागिएको बैंकले जनाएको छ।

यसअघि यही चैत ४ गते १३ अर्ब ५१ करोड रूपैयाँ बराबरको त्यस्तै बिल बिक्री गरेको थियो। यस्तै बैंकले आज मात्रै पाँच अर्ब रूपैयाँ बराबरको रिपो बोलकबोल गरेको छ। 

प्रकाशित मिति: २०:०६ बजे, आइतबार, चैत १०, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्