Kathmandu Press

प्रहरी हेडक्वाटरका थप २८ जनामा कोरोना संक्रमण

काठमाडौं, साउन १६ : प्रहरी प्रधान कार्यालय, नक्सालका थप २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

शुक्रबार गरिएको परीक्षणमा थप २८ जनामा कोर....

प्रहरी हेडक्वाटरका थप २८ जनामा कोरोना संक्रमण

काठमाडौं, साउन १६ : प्रहरी प्रधान कार्यालय, नक्सालका थप २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

शुक्रबार गरिएको परीक्षणमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता कुवेरसिंह कडायतले बताए। योसँग्र प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमित हुनेको संख्या ७२ पुगेको छ।

बुधबारसम्म प्रहरी प्रधान कार्यालयका ३५ जनामा कोरोना देखिएको थियो। उनीहरुको सम्पर्कमा आएका व्यक्तिको परीक्षण गर्दा बिहीबार थप १९ जनामा कोरोना देखिएको थियो।

कन्ट्याक्ट ट्रेसिङ गर्दा शुक्रबार थप २८ जनामा कोरोना देखिएको हो। उनीहरुमध्ये धेरै जसो मेकानिकल, चालक र मेसमा काम गर्ने प्रहरी रहेका छन्। उनीहरुको सम्पर्कमा आएका व्यक्तिको पनि नमुना परीक्षण भइरहेको जनाएको छ।

कोरोना संक्रमण देखिएका सबैलाई सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको छ। सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।

प्रकाशित मिति: ११:३५ बजे, शुक्रबार, साउन १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्