डब्ल्यूएचओ भन्छ, ‘संसारले कोरोनाभाइरससँगै बाँच्न सिक्नुपर्छ’
काठमाडौं, साउन १६ : विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनहोनम ग्रेब्रेयाससले अब संसारले कोरोनाभाइरससँगै बाँच्न सिक्नुपर्ने प्रतिक्रिया दिएका छन् ....

काठमाडौं, साउन १६ : विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनहोनम ग्रेब्रेयाससले अब संसारले कोरोनाभाइरससँगै बाँच्न सिक्नुपर्ने प्रतिक्रिया दिएका छन् ।
संगठनको दैनिक पत्रकार सम्मेलनका बोल्दै गेब्रेयाससले भने, ‘हामी सबैले यो भाइरससँग बाँच्न सिक्नुपर्छ र हामीले आफ्नो र अन्य व्यक्तिको जीवन रक्षा गर्दै बाँच्नका लागि आवश्यक सावधानी अपनाउन आवश्यक छ ।’
उनले हज यात्राको विषयमा साउदी अरबले लगाएको प्रतिबन्धको प्रशंसा गर्दै भने, ‘यतिबेलाको परिवर्तनले वास्तविकतासँग तालमेल मिलाउन के–के गर्न सकिन्छ भन्दै सरकारले यस्तो प्रकारको कडा कदम उठाएर उदाहरण पेश गरेको छ ।’
उनले कोरोनाले युवालाई पनि अत्यधिक खतरा हुनसक्ने कुरा उल्लेख गर्दै भने , ‘युवा पनि कोरोना संक्रमित हुनसक्छन् । उनीहरुको पनि मृत्यु हुनसक्छ र उनीहरुले पनि अन्य व्यक्तिलाई संक्रमण फैलाउन सक्छन् । त्यसकारण उनलाई आफ्नो सुरक्षाबाहेक अन्यको सुरक्षाको उपाय पनि अवलम्बन गर्नुपर्छ ।’(बीबीसी)











