Kathmandu Press

भारतमा एकैदिन भेटिए ५४ हजार संक्रमित 

काठमाडौं, साउन १६ : भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक रुपमा नयाँ रेकर्ड कायम हुन थालेको छ । शुक्रबार यो समाचार तयार पार्दासम्म भारतमा ५४ हजार ९६....

भारतमा एकैदिन भेटिए ५४ हजार संक्रमित 

काठमाडौं, साउन १६ : भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक रुपमा नयाँ रेकर्ड कायम हुन थालेको छ । शुक्रबार यो समाचार तयार पार्दासम्म भारतमा ५४ हजार ९६६ जना संक्रमित थपिएका छन् ।

यसअघि बुधबारको तुलनामा बिहीबार झण्डै ३ हजार संक्रमित बढेका भारतमा शुक्रबार पनि करिव ३ हजार संक्रमित थपिदै नयाँ रेकर्ड कायम भएको हो । भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्मकै धेरै हो ।

भारतमा कुल संक्रमित संख्या १६ लाख ३९ हजार ३५० पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १० लाख ५९ हजार ९३ संक्रमणमुक्त भएका छन् भने ५ लाख ४४ हजार ४७१ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७८३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको ३५ हजार ७८६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति: ०६:५५ बजे, शुक्रबार, साउन १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्