Kathmandu Press

रातीको समयमा काठमाडौं प्रवेशमा रोक 

काठमाडौँ, साउन १६ : गृहमन्त्रालयले यात्रुलाई रातको समयमा काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ ।

उपत्यका भित्रिने धेरै यात्रुहरुमा कोभिड १९....

रातीको समयमा काठमाडौं प्रवेशमा रोक 

काठमाडौँ, साउन १६ : गृहमन्त्रालयले यात्रुलाई रातको समयमा काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ ।

उपत्यका भित्रिने धेरै यात्रुहरुमा कोभिड १९ पोजिटिभ देखिएको भन्दै साँझ ७ देखि बिहान ७ बजेसम्म नाकामा यात्रुहरुको आवागमन पूर्ण रुपमा बन्द गराउने मन्त्रालयले जनाएको हो ।

उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयहरुलाई पनि अत्यावश्यक कामबाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न एवं बिनापास अन्तर जिल्ला आवागमन पूर्ण बन्द गराउन पनि सबै सुरक्षा निकायलाई समेत निर्देशन जारी गरेको छ । 

प्रकाशित मिति: ०६:५१ बजे, शुक्रबार, साउन १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्