Kathmandu Press

वीरगन्जका मेयर सरावगीलाई कोरोना संक्रमण

काठमाडौं, साउन १५ : वीरगन्ज महानगरपलिकाका मेयर विजय सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ। सरावगीले विहिबारसाँझ फेसबुकमा स्टाटस लेख्दै आफूलाई संक्रमण....

वीरगन्जका मेयर सरावगीलाई कोरोना संक्रमण

काठमाडौं, साउन १५ : वीरगन्ज महानगरपलिकाका मेयर विजय सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ। सरावगीले विहिबारसाँझ फेसबुकमा स्टाटस लेख्दै आफूलाई संक्रमण कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी गराएका छन्।

'तपाईंहरूको सेवामा अनवरत रूपमा लाग्दा लाग्दै म स्वयं कोरोना संक्रमणको चपेटामा परेको छु। म अहिले उपचारार्थ छु। मेरो स्वास्थ्य अवस्था सामान्य छ। मैले छिट्टै नै कोरोनालाई जित्नेछु,' मेयर सरावगीले फेसबुकमा लेखेको लामो स्टाटसमा भनेका छन्।

उनी चार दिनअघि काठमाडौं आएका थिए। काठमाडौंमा स्वाब परिक्षण गर्दा बिहीबार बिहान उनको कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो। 

सरावगीले आफ्नो फेसबुकमा वीरगन्जमा समुदाय स्तरमा कोरोना फैलिएको समेत बताएका छन्। उनले वीरगन्जमा संक्रमण नियन्त्रण गर्न अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई धन्यवाद दिएका छन्।

सरावगी अहिले काठमाडौंमा सेल्फ क्वारेन्टिनमा छन्। 

प्रकाशित मिति: २२:०० बजे, बिहीबार, साउन १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्