Kathmandu Press

काठमाडौंका नाकामा गरिएको परीक्षणमा २४ जनामा भेटियो कोरोना 

काठमाडाैं, साउन १५ :  काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा गरिएको परीक्षणमध्ये २४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

थानकोट, फर्पिङ ....

काठमाडौंका नाकामा गरिएको परीक्षणमा २४ जनामा भेटियो कोरोना 

काठमाडाैं, साउन १५ :  काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा गरिएको परीक्षणमध्ये २४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

थानकोट, फर्पिङ र साँगाबाट संकलन गरिएको स्वाब परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। 

उनका अनुसार स्वाब संकलन गरिएका तीन हजार चार सय ७३ जनाको परीक्षण गर्दा २४ जनामा संक्रमण भेटिएको हो। काठमाडाैं प्रवेश गर्ने ८ हजार ५ सय जनाको स्वाब संकलन गरिएको प्रवक्ता गाैतमले जानकारी दिए।

उनका अनुसार धेरै नमूना परीक्षण गर्न बाँकी रहेकाले संक्रमितको संख्या बढ्न सक्छ। 

प्रकाशित मिति: १९:४५ बजे, बिहीबार, साउन १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्