Kathmandu Press

सुन तस्करीका आरोपी समात्न नसक्दा डिएसपी दाहाल एकेडेमी तानिए

काठमाडाैं, साउन १५ : डिएसपी रञ्जन दाहाललाई महानगरीय प्रहरी वृत्त दरबारमार्ग प्रमुखको जिम्मेवारीबाट हटाइएको छ। 

साबिकको जिम्मेवारीबाट हट....

सुन तस्करीका आरोपी समात्न नसक्दा डिएसपी दाहाल एकेडेमी तानिए

काठमाडाैं, साउन १५ : डिएसपी रञ्जन दाहाललाई महानगरीय प्रहरी वृत्त दरबारमार्ग प्रमुखको जिम्मेवारीबाट हटाइएको छ। 

साबिकको जिम्मेवारीबाट हटाउँदै उनलाई बिहीबार महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण एकेडेमीमा तानिएको छ। दाहालको स्थानमा एकेडेमीका डिएसपी रामशरण पौडेललाई खटाइएको छ।  

मंगलबार बिहान ५०० ग्राम सुन र साढे १४ किलो चाँदी बरामदको घटनाका आरोपी समात्न उनले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेका कारण दाहाललाई एकेडेमी तानिएको हो। घटनाको अनुसन्धानका लागि महानगरीय प्रहरी कार्यालयका एसएसपी सुशील कुमार यादवको नेतृत्वमा छानबिन समिति गठन भएको थियो।

 समितिले डिएसपी दाहालको भूमिकामा प्रश्न उठाएपछि महानगरीय प्रहरी वृत्त दरबारमार्गको प्रमुखको जिम्मेवारीबाट उनी हट्नुपरेको हो।

प्रकाशित मिति: १९:२० बजे, बिहीबार, साउन १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्