Kathmandu Press

कोरोना समुदायस्तरमा फैलिन थालेपछि बाँकेमा निषेधाज्ञा जारी 

नेपालगञ्ज, साउन १५ :  बाँकेमा समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण देखिन थालेपछि निषेधाज्ञा जारी गरिएको छ। 

बिहीबार एकैदिन २७ जनाम....

कोरोना समुदायस्तरमा फैलिन थालेपछि बाँकेमा निषेधाज्ञा जारी 
फाइल

नेपालगञ्ज, साउन १५ :  बाँकेमा समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण देखिन थालेपछि निषेधाज्ञा जारी गरिएको छ। 

बिहीबार एकैदिन २७ जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै बाँकेमा कोरोना समुदायस्तरमै फैलिएको आशंका गरिएको छ। समुदायस्तरमा कोरोना फैलिएको आशंकामा बाँकेमा आइतबारदेखि लागू हुने गरी तीन दिन निषेधाज्ञा जारी गरिएको हो। 

नेपालगञ्जको त्रिभुवन चोक क्षेत्र, आन्तरिक राजश्व कार्यालय नेपालगञ्ज र बाँके जिल्ला अदालतमा कार्यरत कर्मचारीमा कोरोना भेटिएपछि समुदाय स्तरमा फैलिएको हुन सक्ने आशंकाले निषेधाज्ञा जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी एवं कोरोना नियन्त्रण तथा ब्यवस्थापन समितिका संयोजक रामबहादुर कुरुङवाङले जानकारी दिए।

बिहीबार बसेको कोरोना नियन्त्रण तथा ब्यवस्थापन समितिको आकस्मिक बैठकले आगामी आइतबारबाट लागु हुने गरी तीन दिनका लागि बाँके जिल्लाभर पूर्ण रुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कुरुङवाङले बताए।

उनले भने,‘बाँकेमा कोरोना संक्रमितको संख्या क्रमशः घट्दै गइरहेका बेला अचानक समुदाय स्तरमै फैलिएपछि निषेधाज्ञा जारी गर्नु परेको हो। संक्रमितको संख्या बढे निषेधाज्ञा बढ्छ।’ 
 

प्रकाशित मिति: १९:१३ बजे, बिहीबार, साउन १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्