Kathmandu Press

सर्वोच्चले सरकारसँग माग्यो विद्युतीय सवारीमा कर बढाउनुको कारण

काठमाडाैं, साउन १५ : सर्वोच्च अदालतले विद्युतीय सवारी साधनमा कर बढाउनुको कारण सरकारसँग माग गरेको छ। 

बिहीबार सर्वोच्चका न्यायाधीश डा. आ....

सर्वोच्चले सरकारसँग माग्यो विद्युतीय सवारीमा कर बढाउनुको कारण

काठमाडाैं, साउन १५ : सर्वोच्च अदालतले विद्युतीय सवारी साधनमा कर बढाउनुको कारण सरकारसँग माग गरेको छ। 

बिहीबार सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले विद्युतीय सवारीसाधनमा कर बढाउनुको कारण माग गरेको हो। सरकारले बढाएको करको दायर महंगो भएको भन्दै गैरसरकारी संस्था न्याय तथा अधिकारी संस्था (जुरी) नेपालले गत असार ५ गते सर्वोच्चमा रिट दायर गरेको थियो।

सरकारले आर्थिक वर्ष २०७७-७८ को बजेटमै विद्युतीय गाडीमा ८० प्रतिशत भन्सार र ब्याट्री क्षमताका आधारमा ३० देखि ८० प्रतिशतसम्म अन्तःशुल्क लाग्ने व्यवस्था गरेको थियो। 

प्रकाशित मिति: १८:५५ बजे, बिहीबार, साउन १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्