Kathmandu Press

ओली र प्रचण्ड मिल्नुको विकल्प छैन : उद्योगमन्त्री भट्ट

काठमाडौं,  साउन १५ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन नहुने स्प....

ओली र प्रचण्ड मिल्नुको विकल्प छैन : उद्योगमन्त्री भट्ट
फाइल

काठमाडौं,  साउन १५ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन नहुने स्पष्ट पारेका छन्।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा उनले भने,‘केपी ओली नै पाँच वर्षको प्रधानमन्त्री हो। पार्टीले सरकारलाई सहयोग गर्छ। पार्टी भनेको सबैको हो। अहिले प्रधानमन्त्री ओलीको विकल्प छैन।’

मन्त्री भट्टले ओली नेतृत्वको वर्तमान सरकारलाई पाँच वर्ष नै निरन्तरता दिएर इतिहास रच्नुपर्ने र अस्थिरताको ‘ब्रेक-थ्रु’ हुनुपर्ने बताए। उनले पार्टीभित्र अहिले देखिएको बहस, छलफल र वादविवाद अन्ततः सहमतिमै सबै कुरा हल हुने पनि बताए।

स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भट्टले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति हुने र सहमतिको विकल्प नभएको जिकिर गरे। यद्यपी उनले केही प्रवृत्तिले पार्टीभित्र खेल्न खोजेको आरोप लगाए। उनले भने,‘तर, हामी ती प्रवृत्तिलाई पराजित गरेरै अघि बढ्छौं।’ 

एकता महाधिवेशनसम्म दुवै अध्यक्ष अनिवार्य निरन्तर रहने र पहिलो महाधिवेशन पनि सहमतिकै आधारमा सम्पन्न गरिने उनको विश्वास छ। 
 

प्रकाशित मिति: १७:२५ बजे, बिहीबार, साउन १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्