कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु, मृतकको संख्या ५२ पुग्यो
काठमाडौं, साउन १५ : कोरोना भाइरसको संक्रमणबाट पर्साका दुईसहित थप तीन जनाको मृत्यु भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको न....

काठमाडौं, साउन १५ : कोरोना भाइरसको संक्रमणबाट पर्साका दुईसहित थप तीन जनाको मृत्यु भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको संक्रमणबाट पर्साका दुईसहित तीन जनाको मृत्यु भएको जानकारी दिए।
कोरोना संक्रमणबाट वीरगञ्ज महानगरपालिका–५ निवासी ६८ वर्षीय पुरुष, वीरगञ्ज–७ का ७० वर्षीय पुरुष र मोरङका ४५ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार दिउँसो मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिए।
उनका अनुसार मोरङका ४५ वर्षीय पुरुषको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, वीरगञ्ज–७ का ७० वर्षीय पुरुषको नारायणी अस्पताल र वीरगञ्ज–५ का ६८ वर्षीय पुरुषको नेश्नल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।
योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ।











