Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए ४५ जना कोरोना संक्रमित

काठमाडौं, साउन १५ :  काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रय....

काठमाडौं उपत्यकामा थपिए ४५ जना कोरोना संक्रमित

काठमाडौं, साउन १५ :  काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र स्टार हस्पिटल सानेपाको प्रयोगशालामा काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार संक्रमितहरु काठमाडौंका ४१ जना, ललितपुर  र भक्तपुरका दुई–दुई जना रहेका छन्। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १९ हजार ५४७  पुगेको छ। संक्रमितमध्ये १४ हजार २ सय ४८ जना निको भएर घर फर्किएका छन्।  

प्रवक्ता डा. गौतमका अनुसार बिहीबारमात्रै  २२७ जना निको भएर अस्पतालबाट घर फर्किएका छन्। 

प्रकाशित मिति: १६:४१ बजे, बिहीबार, साउन १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्