Kathmandu Press

थप २७४ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, साउन १५ :  नेपालमा थप २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ....

थप २७४ जनामा कोरोनाको संक्रमण पुष्टि
फाइल

काठमाडौं, साउन १५ :  नेपालमा थप २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १९ हजार ५४७  पुगेको छ। संक्रमितमध्ये १४ हजार २ सय ४८ जना निको भएर घर फर्किएका छन्।  

प्रवक्ता डा. गौतमका अनुसार बिहीबारमात्रै  २२७  जना निको भएर अस्पतालबाट घर फर्किएका छन्। 

प्रकाशित मिति: १६:३६ बजे, बिहीबार, साउन १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्