पहिरोले कालिकोटमा दुई बालबालिकासहित तीनको मृत्यु
कालिकोट, साउन १५ : तीन दिनदेखिको वर्षाले पहिरो जाँदा कालिकोटमा दुई बालबालिकासहित तीन जनाको मृत्यु भएको छ।
बुधबार साँझ महाबै गाउँपालिका&ndash....

कालिकोट, साउन १५ : तीन दिनदेखिको वर्षाले पहिरो जाँदा कालिकोटमा दुई बालबालिकासहित तीन जनाको मृत्यु भएको छ।
बुधबार साँझ महाबै गाउँपालिका–७ गेला कोटवाडामा घर भत्किँदा दुई बालबालिकाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार, स्थानीय सूर्ज महताराका छोरा १० वर्षीय गणेश र टेक भण्डारीकी छोरी पाँच वर्षीया भावनाको मृत्यु भएको छ।
वर्षाले घर भत्किँदा तीन बालबालिका घाइते भएका छन्। घाइतेहरुमा सुकी महतारा, मन्जु महतारा, संगीता भण्डारी र हिक्मत महतारा रहेका छन्। उनीहरुको मान्मस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको डिएसपी श्यामबाबु ओलियाले बताए। उनीहरुको अवस्था सामान्य रहेको अस्पताले जनाएको छ।
त्यस्तै, सान्नी त्रिवेणि गाउँपालिका ७ क्युरीमा पहिरोमा परि ६२ वर्षिया पशुराम संज्यालको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा परि स्थानीय २९ वर्षीया तारा धमाला संज्याल बेपत्ता भएकी छन्।
तीन दिनयता पहिरोमा परि कालिकोटामा १२ जनाको मृत्यु भएको छ। त्यस्तै, सात जना वेपत्ता रहेका छन्। उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।











