Kathmandu Press

प्रहरी हेडक्वाटरका थप ९ जनामा कोरोना संक्रमण

काठमाडौं, साउन १५ : प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप ९ जनामा प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

आज बिहान आएको परीक्षण रिप....

प्रहरी हेडक्वाटरका थप ९ जनामा कोरोना संक्रमण
फाइल फाेटाे

काठमाडौं, साउन १५ : प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप ९ जनामा प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

आज बिहान आएको परीक्षण रिपोर्टमा थप नौ जनालाई कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। संक्रमण देखिएका नौ जनालाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल भर्ना गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेर कडायतले बताए।

यसअघि प्रहरी प्रधान कार्यालयका ३५ जनामा कोरोना देखिएको थियो। उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको परीक्षण गर्दा कोरोना देखिएको प्रवक्ता कडायतले बताए।

कोरोना संक्रमित बस्ने ब्यारेक र भान्सा सिल गरिएको छ। थप सतर्कता अपनाउँदै कन्ट्याक्ट ट्रेसिङ भइरहेको जनाएको छ।

सुरुआतमा प्रहरी प्रधान कार्यालयका दुई जनामा कोरोना देखिएको थियो। त्यसपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा ४२ जना थपिएका हुन्। अहिले उनीहरुको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको पनि कोरोना परीक्षण भइरहेको प्रवक्ता कडायतले बताए।

प्रकाशित मिति: ११:४४ बजे, बिहीबार, साउन १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्