Kathmandu Press

दुई चिकित्सकसहित बारा र पर्साका ५३ जनामा कोरोना

वीरगञ्ज, साउन १५ : पर्सा र बाराका ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

बुधबार राति वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको ....

दुई चिकित्सकसहित बारा र पर्साका ५३ जनामा कोरोना

वीरगञ्ज, साउन १५ : पर्सा र बाराका ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

बुधबार राति वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। उनीहरुमध्ये तीन जना मात्रै बाराका रहेका छन्।

नयाँ संक्रमण देखिएका ५३ जनामध्ये ११ जना नारायणी अस्पतालको क्वाटरमा बस्दै आएका रहेका छन्। उनीहरुमध्ये दुई जना चिकित्सक रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बताए।

त्यस्तै, संक्रमण देखिएकाहरुमध्ये दुई जना सैनिक छन्। उनीहरु वीरगञ्जस्थित सैनिक ब्यारेकमा कार्यरत छन्।

अन्य संक्रमित भने पर्साकै विभिन्न गाउँपालिकाका बासिन्दा रहेका छन्। धेरैजसाे वीरगञ्ज र आसपासका वासिन्दा रहेकाे डा.उपाध्यायले बताए।

प्रकाशित मिति: ११:१८ बजे, बिहीबार, साउन १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्