Kathmandu Press

भाटभटेनीको सामान बाेकेकाे कन्टेनर त्रिशूलीमा खस्यो

चितवन, साउन १५ : विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेको छ।

....
भाटभटेनीको सामान बाेकेकाे कन्टेनर त्रिशूलीमा खस्यो
फाइल फाेटाे

चितवन, साउन १५ : विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार  ना ३ ख ८९८७ नम्बरको कन्टेनर  र काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रक एकापसमा ठोक्किएका थिए। कन्टेनर र ट्रक एकआपसमा ठोक्किदा कन्टेनर त्रिशूलीमा खसेको हो।

ट्रकका चालक भने सामान्य घाइते भएका छन्। प्रहरीका अनुसार उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

कन्टेनरमा भाटभटेनी सुपरमार्केटको सामान रहेको जनाइएको छ। त्रिशुलीमा खसेको कन्टेनरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले बताए।

प्रकाशित मिति: १०:४७ बजे, बिहीबार, साउन १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्