पुष्पमेलामा ६२ लाख रूपैयाँको कारोबार
काठमाडौं, चैत १०: तीन दिनसम्म चलेको २२ औं पुष्पमेलामा ६२ लाख रुपैयाँको कारोबार भएको छ।
भृकुटीमण्डपमा चलेको पुष्पमेलामा ६२ लाख रुपैयाँ ब....

काठमाडौं, चैत १०: तीन दिनसम्म चलेको २२ औं पुष्पमेलामा ६२ लाख रुपैयाँको कारोबार भएको छ।
भृकुटीमण्डपमा चलेको पुष्पमेलामा ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको आयोजक फ्लोरिकल्चर एशोसिएसनले जनाएको छ। पुष्पमेला करिब ५७ हजारले अवलोकन गरेको एशोसिएसनका अध्यक्ष कुमार कसाजु श्र्रेष्ठले जानकारी दिए। अघिल्लो वर्ष चार दिन मेला आयोजना गरेको फ्लोरिकल्चर एशोसिएसनले यो वर्ष ठाउँ अभावका कारण तीन दिनमात्रै मेला चलाएको हो।
‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ प्रदेश नम्बर ३ सरकार, कृषि ज्ञान केन्द्र ललितपुर र फ्लोरिकल्चर एशोसिएसन नेपालले संयुक्तरुपमा मिलेर मेला आयोजना गरेका थिए। पुष्प तथा पुष्पजन्य वस्तुहरुको प्रवर्द्धन, नयाँ प्रविधि अनुसन्धानको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार तथा जनचेतना जगाउने उद्देश्यले पुष्प मेला आयोजना गरिएको कार्यक्रम संयोजक हिरामणि शर्माले जानकारी दिए।
प्रदर्शनीमा ८४ वटा स्टलमा ८ सय ५० भन्दा बढी प्रजातिका फूलहरु राखिएको थियो।











-1754206481.jpg)