भारतमा कोरोना संक्रमितको संख्यामा फेरी नयाँ रेकर्ड
काठमाडौं, साउन १५ : भारतमा कोरोना संक्रमितको संख्यामा पुन नयाँ रेकर्ड कायम भएको छ । बुधबारको तुलनामा संक्रमित संख्या झण्डै ३ हजार बढेको भारतमा बिहीबार....

काठमाडौं, साउन १५ : भारतमा कोरोना संक्रमितको संख्यामा पुन नयाँ रेकर्ड कायम भएको छ । बुधबारको तुलनामा संक्रमित संख्या झण्डै ३ हजार बढेको भारतमा बिहीबार यो समाचार तयार पार्दासम्म ५२ हजार २४९ जना संक्रमित भएका छन् ।
भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्मकै धेरै हो । यो सँगै भारतमा कुल संक्रमित संख्या १५ लाख ८४ हजार ३८४ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो ।
संक्रमितमध्ये अहिलेसम्म १० लाख २१ हजार ६११ संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७७९ जनाको मृत्यु भएपछि बिहीबार बिहानसम्म ज्यान गुमाउनेको ३५ हजार ३ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।











