Kathmandu Press

विभाग गठन र मनोनयन रोक्न पौडेल समूहले देउवालाई लिखितपत्र बुझाउने  

काठमाडौं, साउन १४ :  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले एक पक्षीय रुपमा विभाग गठन तथा मनोनयन गरेको भन्दै सभापति शेरबहादुर देउवा....

विभाग गठन र मनोनयन रोक्न पौडेल समूहले देउवालाई लिखितपत्र बुझाउने  

काठमाडौं, साउन १४ :  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले एक पक्षीय रुपमा विभाग गठन तथा मनोनयन गरेको भन्दै सभापति शेरबहादुर देउवाको विरोध चर्को विरोध गरेको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पौडेल समूहको बैठकमा सभापति शेरबहादुर देउवाले महाधिवेशनको मिति तोकिएपछि धमाधम विभाग गठन र मनोनयन गरेको भन्दै नेताहरुले विरोध गरेका हुन्।   उनीहरुले महाधिवेशनमा निष्पक्षताको ग्यारेन्टी गर्न सभापति देउवालाई आग्रह समेत गरेका छन्। 

यस्तै, महाधिवेशन प्रभावित गर्ने गतिविधि तत्काल रोक्न सभापति देउवाको ध्यानाकर्षण गराउने निष्कर्ष समेत भेलाले निकालेको छ।  

‘महाधिवेशनको मिति तोकिएको अवस्थामा विभाग गठन भइरहेको छ, मनोनयन भइरहेका छन्। त्यसमा हाम्रो आपत्ति छ,’ केन्द्रीय सदस्य जीवन परियारले काठमाडौंप्रेससँग भने, ‘सभापतिले विधान मिचेर एकलौटी र मनपरी ढंगले विभाग गठन र मनोनयन गरिरहनु भएको छ। त्यसलाई रोक्न ध्यानाकर्षण गराउने निष्कर्ष निकालेका छाैं।’ 

उनका अनुसार वरिष्ठ नेता पौडेल लगायतका नेताहरुले सभापति देउवालाई लिखित ध्यानाकर्षण बुझाउने छन्। ‘सम्भवतः भोलि रामचन्द्र दाइ, महामन्त्री शशांक कोइरालालगायतले सभापतिलाई भेटेर ध्यानाकर्षणपत्र बुझाउनु हुनेछ,’ उनले भने।

प्रकाशित मिति: १८:१६ बजे, बुधबार, साउन १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्