Kathmandu Press

कोरोनाको संक्रमणबाट पर्सामा थप एक जनाको मृत्यु

काठमाडौं, साउन १४ :  कोरोना भाइरसको संक्रमणबाट पर्सामा थप एक जनाको मृत्यु भएको छ। 

नारायणी अस्थायी कोरोना अस्पतालमा ६ दिनदेखि उपचा....

कोरोनाको संक्रमणबाट पर्सामा थप एक जनाको मृत्यु
फाइल

काठमाडौं, साउन १४ :  कोरोना भाइरसको संक्रमणबाट पर्सामा थप एक जनाको मृत्यु भएको छ। 

नारायणी अस्थायी कोरोना अस्पतालमा ६ दिनदेखि उपचाररत वीरगञ्ज महानगरपालिका–७, रेशमकोठी निवासी ६८ वर्षीय वृद्धको बुधबार बिहान मृत्यु भएको हो। 

मुटुका बिरामी रहेका ती वृद्धको श्वासप्रश्‍वासमा समस्या देखिएपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना भेटिएको थियो। कोरोना पुष्टि भएपछि गत साउन ८ मा एड्भान्स मेडिकेयरबाट कोरोना अस्पताल रेफर गरिएका वृद्धको उपचारका क्रममा मृत्यु भएको अस्पतालका इन्चार्ज डा. निरजकुमार सिंहले जानकारी दिए।

पछिल्लो आठ दिनयता पर्सामा पाँच जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ। योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ। 

प्रकाशित मिति: १८:०७ बजे, बुधबार, साउन १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्