Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए १५ जना कोरोना संक्रमित

काठमाडौं, साउन १४ :  काठमाडौं उपत्यकामा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला....

काठमाडौं उपत्यकामा थपिए १५ जना कोरोना संक्रमित

काठमाडौं, साउन १४ :  काठमाडौं उपत्यकामा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र स्टार हस्पिटल सानेपाको प्रयोगशालामा काठमाडौं उपत्यकामा थप १५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार संक्रमितहरु काठमाडौंका १४ जना र भक्तपुरका एक जना रहेका छन्। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १९ हजार २७३ पुगेको छ।

संक्रमितमध्ये १४ हजार २१ जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट ४९ जनाको मृत्यु भएको छ। प्रवक्ता डा. गौतमका अनुसार बुधबारमात्रै १४६ जना निको भएर अस्पतालबाट घर फर्किएका छन्। 

प्रकाशित मिति: १६:३२ बजे, बुधबार, साउन १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्