Kathmandu Press

प्रदेश २ को सामाजिक विकास मन्त्रालयका तीन कर्मचारीमा कोरोनाको संक्रमण

काठमाडौं, साउन १४ : प्रदेश २ को सामाजिक विकास मन्त्रालयका तीन जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बुधबार गरिएको परीक्....

प्रदेश २ को सामाजिक विकास मन्त्रालयका तीन कर्मचारीमा कोरोनाको संक्रमण

काठमाडौं, साउन १४ : प्रदेश २ को सामाजिक विकास मन्त्रालयका तीन जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बुधबार गरिएको परीक्षणमा मन्त्रालयका तीन जना कर्मचारीमा संक्रमण पुष्टि भएको प्रदेशको स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झाले जानकारी दिए। उनका अनुसार संक्रमितहरु मन्त्रालयमा कार्यरत सवारी चालक ३५ वर्षीय पुरुष, स्टोर किपर ५० वर्षीय पुरुष र कार्यालय सहयोगी २५ वर्षीय पुरुष रहेका छन्।

संक्रमण पुष्टि भएपछि संक्रमितहरुलाई आइसोलेसनमा पठाइएको छ।
 
प्रकाशित मिति: १६:१८ बजे, बुधबार, साउन १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्