Kathmandu Press

केन्द्रीय कमिटी बैठकको माग पत्र महासचिवलाई बुझाइने

काठमाडाैं, साउन १४ : नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकको मागपत्र महासचिव विष्णु पौडेललाई बुझाइने भएको छ। 

१ सय ....

केन्द्रीय कमिटी बैठकको माग पत्र महासचिवलाई बुझाइने

काठमाडाैं, साउन १४ : नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकको मागपत्र महासचिव विष्णु पौडेललाई बुझाइने भएको छ। 

१ सय ५० जना केन्द्रीय कमिटी सदस्यको हस्ताक्षरसहित बैठकको माग गर्दै अपरान्ह चार बजे महासचिव पौडेललाई पत्र बुझाउन लागेको सदस्य हिमाल शर्माले जानकारी दिए। पार्टी पार्टीभित्रको विवाद चर्किँदै गएपछि केन्द्रीय कमिटीको माग गर्दै पार्टी मुख्यालय धुम्बाराही पुगेर पत्र बुझाउने तयारी भएको शर्माले बताए।  

नेकपाको विवाद सचिवालय तथा स्थायी कमिटीबाट समाधान हुन नसकेपछि केन्द्रीय कमिटी बैठकको माग गर्न लागिएको शर्माले बताए। 'पार्टीको शक्तिशाली संरचना केन्द्रिय कमिटी नै हो। हरेक  ठूला निर्णय वा प्रस्ताव केन्द्रीय कमिटीले नै अनुमोदन गरेपछि औपचारिकता प्राप्त गर्छ। अब नेकपाको विवाद पनि केन्द्रीय कमिटीबाटै टुंगो लगाउनुपर्ने मागसहित हामीले पत्र बुझाउन लागेका हौँ,' उनले काठमाडौंप्रेससँग भने । 

२५ प्रतिशत केन्द्रीय सदस्यले बैठक माग गरे एक महिनाभित्र बोलाउनुपर्ने नेकपाको विधानमा उल्लेख छ। नेकपाको केन्द्रीय कमिटी ४४१ सदस्यको रहेको छ। जसको २५ प्रतिशत ११२ जना हुन्छ। गत माघयता नेकपाको केन्द्रीय कमिटी बैठक बस्न सकेको छैन।

प्रकाशित मिति: १५:२२ बजे, बुधबार, साउन १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्