देउवासँग असन्तुष्ट नेताहरुको भेला सानेपामा
काठमाडौं, साउन १४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग असन्तुष्ट रहेका नेताहरुको भेला हुने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा असन्तुष्ट नेता....

काठमाडौं, साउन १४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग असन्तुष्ट रहेका नेताहरुको भेला हुने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा असन्तुष्ट नेताहरुको सुरु हुन लागेको हो।
१४ औं महाधिवेशनको मिति तोकिएको अवस्थामा विभिन्न विभागहरुमा धमाधम नियुक्ति गरिएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सभापति देउवासँग असन्तुष्ट छ। बुधबार बोलाइएको भेलामा सोही विषयमा छलफल हुने नेता अर्जुननरसिंह केसीले बताए।
'महाधिवेशनको मिति तोकिइसकेको अवस्थामा अहिले जसरी विभागहरुमा नियुक्तिको बाढी नै आएको छ। आचारसंहिता विपरीत गरिएका नियुक्तिमा हाम्रो विमति छ,' केसीले काठमाडौंप्रेससँग भने, 'यिनै विषयमा परामर्श गर्ने गरी भेलाको आह्वान गरिएको हो।'
भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल समेत उपस्थित हुनेछन्। पार्टीका २८ विभाग बढाएर ४७ पुर्याइएको छ। केही महत्वपूर्ण विभागका संयोजक अझै तोकिएका छैनन्। सभापति देउवाले विभागका लागि नेताहरुको नाम मागेपनि पौडेलले दिएका छैनन्।











