Kathmandu Press

सन्दीप सीपीएल खेल्न काेरियन चार्टर फ्लाइटबाट वेस्ट इन्डिज जाँदै

काठमाडौं, साउन १४ : क्रिकेटर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न भोलि चार्टर फ्लाइटबाट वेस्ट इन्डिज जाने भएका छन्।

सीपीएल....

सन्दीप सीपीएल खेल्न काेरियन चार्टर फ्लाइटबाट वेस्ट इन्डिज जाँदै

काठमाडौं, साउन १४ : क्रिकेटर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न भोलि चार्टर फ्लाइटबाट वेस्ट इन्डिज जाने भएका छन्।

सीपीएलमा आवद्ध खेलाडीले साउन १७ गते (अगस्त १ तारेख)सम्म वेस्ट इन्डिज पुगिसक्नुपर्छ। तर, नेपालबाट अन्तर्राष्ट्रिय उडान बन्द रहेकाले उनलाई वेस्ट इन्डिज पुग्न समस्या भएको थियो।

अब भने उनी कोरियन चार्टर फ्लाइटबाट जान लागेको सन्दीपका नेपाली व्यवस्थापक रमन सिवाकोटीले जनाएका छन्। उनले ट्वीट गर्दै भोलि नेपालबाट प्रस्थान गर्ने र साउन १७ गते वेस्ट इन्डिज पुग्ने जनाएका छन्।

सरकारले सहजिकरण गरेपछि सन्दीप कोरियन चार्टर फ्लाइटबाट जान लागेका हुन्।

उनी सीपीएलको एस संस्करणमा जमैका तलवाजबाट खेल्नेछन्। यसका लागि जमैका तलवाजले उनलाई करिब एक करोड रुपैयाँमा अनुबन्ध गरेको छ।

उनलाई सीपीएल खेल्न जाने व्यवस्थाका लागि सघाउने सबैलाई सिवाकोटीले धन्यवाद पनि दिएका छन्।

प्रकाशित मिति: १४:४० बजे, बुधबार, साउन १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्