Kathmandu Press

विद्युत प्राधिकरणका तीन सय १६ ग्राहक कालोसूचीमा

चितवन, साउन १४ : नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले गत आर्थिक वर्षमा ३१६ ग्राहकलाई कालोसूचीमा राखी कारवाही गरेको छ। लामो समयसम्म बक्यौता ....

विद्युत प्राधिकरणका तीन सय १६ ग्राहक कालोसूचीमा

चितवन, साउन १४ : नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले गत आर्थिक वर्षमा ३१६ ग्राहकलाई कालोसूचीमा राखी कारवाही गरेको छ। लामो समयसम्म बक्यौता नतिर्ने ग्राहकलाई कालोसूचीमा राखिएको हो। लाइन काटेको ६ महिनासम्म पनि बक्यौता नतिर्ने ग्राहकलाई कालोसूचीमा राखिएको केन्द्रले जनाएको छ।

कार्यालयका प्रमुख सुरेशकुमार महतोका अनुसार कालोसूचीमा पछिल्लो चरणमा परेका ४६ जनाबाट १६ लाख २३ हजार १८८ रुपैयाँ र पहिलो चरणका २७० ग्राहकबाट ७२ लाख ५५ हजार ५२४ रुपैयाँ बक्यौता उठाउनुपर्ने हुन्छ। महतोले उनीहरुमध्ये ११ ग्राहकले कालोसूचीमा राखेपछि बक्यौता रकम तिरेका छन्। उनीहरुबाट सात लाख ९२ हजार २४४ रुपैयाँ असुली भएको कार्यालयले जनाएको छ।

Hardik ivf

कालोसूचीमा राखिएका ग्राहक नेपालको जुनसुकै स्थानमा गएर बसेको भए पनि उनीहरुको लाइन काट्ने र असुली गर्ने, बैंक वित्तीय संस्थालाई उनीहरुको विवरण जानकारी गराई सेवा रोक्नेलगायतका कामको प्रक्रिया शुरु गरिएको महतोले बताए। कार्यालयले सोही समयमा एक हजार ६५३ को लाइन काटेको जनाएको छ। उनीहरुबाट दुई करोड ७९ लाख ५३ हजार ४३५ रुपैयाँ असुली हुनुपर्नेमा एक हजार १५० जनाबाट तीन करोड दुई लाख ३३ हजार १५८ रुपैयाँ असुली भएको उनले जानकारी दिए।

भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकाको अधिकांश भाग हेर्दै आएको कार्यालयमा हाल ५७ हजार ग्राहक रहेका छन्। उनीहरुबाट वार्षिक १४ करोड ९७ लाख ६३ हजार ६६९ युनिट विद्युत् खपत हुने गरेको छ। भरतपुर महानगरमा ९८ प्रतिशत विद्युतीकरण भई सकेको छ भने इच्छाकामना गाउँपालिका–१ मा रहेका ७०० घरधुरी विद्युतीय सेवाबाट वञ्चित रहेको कार्यालयले जनाएको छ। विद्युतीकरण नभएका क्षेत्रका लागि पूर्ण विद्युतीकरणअन्तर्गत १६ करोड ६३ लाख २६ हजार बजेट विनियोजन गरिएको र ठेक्काको काम सम्पन्न भई यही आर्थिक वर्षमा पूर्ण विद्युतीकरण गरिने महतोले जानकारी दिए।

प्रकाशित मिति: १४:३० बजे, बुधबार, साउन १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्