Kathmandu Press

ओली सरकार हरेक कोणबाट असफल : गिरी 

तुलसीपुर, साउन १४ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार हरेक कोणबाट असफल भएको बताएका छन्। 

....
ओली सरकार हरेक कोणबाट असफल : गिरी 

तुलसीपुर, साउन १४ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार हरेक कोणबाट असफल भएको बताएका छन्। 

बुधबार रिपोटर्स क्लव दाङले तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा नेता गिरीले ओली सरकार जनताको समृद्धिको सवालमा निकम्मा सावित भएको बताएका हुन्। 

उनले कोरोना महामारीबाट नागरिकको ज्यान जोगाउन छोडेर केपी शर्मा ओली नेतृत्वको सरकार आफ्नो कुर्ची बचाउन लागिपरेको बताए। ‘फरक दृष्टिकोणका दुई कम्युनिष्टबीचको अपवित्र गठबन्धनले करिब  दुई तिहाइ बहुमत पाएपनि यो सरकारले नागरिकका सामान्य माग सम्बोधन गर्न सकेको छैन,’ उनले भने,‘मलाई लाग्छ, यो मुलुककै इतिहासमा निकम्मा र असफल सरकार हो।’

फरक प्रसंगमा गिरीले सरकारले वैज्ञानिक आधारबिनै खोलेको लकडाउन जनताको कर असुल्नका लागि मात्रै केन्द्रित रहेको बताए। कोरोना नियन्त्रणका लागि अर्बौं रुपैयाँ घोटाला गरिरहेको सरकारले जनताको जिउज्यान जोगाउने र बिरामीको उपचार गर्ने तर्फ कुनैपनि अर्थपूर्ण पहल गर्न नसकेको उनको भनाइ छ।
 

प्रकाशित मिति: १४:२५ बजे, बुधबार, साउन १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्