Kathmandu Press

रञ्जन छुटेपछि विवादमा तानिएका प्रधानन्यायाधीशले आफ्नो इजलास तोकेनन्

काठमाडौं, साउन १४ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले करिब हप्ता यता आफ्नो इजलास तोकेका छैनन्। सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालको मुद्द....

रञ्जन छुटेपछि विवादमा तानिएका प्रधानन्यायाधीशले आफ्नो इजलास तोकेनन्

काठमाडौं, साउन १४ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले करिब हप्ता यता आफ्नो इजलास तोकेका छैनन्। सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालको मुद्दामा कैद घटाउने फैसला गरेपछि विवादमा तानिएका जवराले आफ्नाे इजलास नतोकेका हुन्।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले नै आफूसँगै अन्य न्यायाधीशको इजलास गठन गर्ने गर्छन्। तर असार ३१ देखि उनले आफू रहेको इजलास गठन गरेका छैनन्। 

प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले रञ्जनले श्रीमती गीता ढकालको हत्या गरी मकवानपुरको जंगलमा लगेर पेट्रोल छर्केर जलाएका जघन्य प्रकृतिको घटनालाई आवेश प्रेरित भन्दै साढे ११ वर्ष कैद छुट दिएका थिए। प्रधानन्यायाधीश जवराले असार १५ मा साढे ८ वर्षमा कैदमा सजाय सकिने फैसला गरेका थिए। कोइराला भने साउन ८ मा नै कैद मुक्त भइसकेका छन्।

प्रधानन्यायाधीशको बेन्चबाट भएको फैसला अनुसार जघन्य प्रकृतिका अपराधी कोइराला रिहा भएको भन्दै कानुन व्यवसायी, नागरिक तथा सरोकारवाला पक्षले जवराको चर्को विरोध गरेका थिए। साथै जनतास्तरबाट पनि उनले राजीनामा दिनुपर्ने भन्दै सडक आन्दोलनसमेत गरेका थिए। यता, सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले प्रधानन्यायाधीश जवरा सर्वोच्च आइरहेको र प्रशासनिक काममा व्यस्त भएको बताए। उनले नै अहिले पनि पेसी तोकिइरहेका छन्।

कोइरालको मुद्दा फैसला त्रुटिपूर्ण भएको भन्दै महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्चमै पुनरावलोकनको निवेदन दिएको थियो। सो निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चको पूर्ण इजलासले पुनरावलोकनको अनुमति पनि दिइसकेको छ। तर प्रधानन्यायाधीश जवराले भने सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलमार्फत विज्ञप्ती जारी गर्न लगाई चेतावनीयुक्त भाषामा अदालतमा विचाराधीन विषयमा टिकाटिप्पणी नगर्न भनेका छन्।

प्रकाशित मिति: १४:१८ बजे, बुधबार, साउन १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्