Kathmandu Press

कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका सातसहित ९ जनाको मृत्यु

कालिकोट, साउन १४ : कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका सातसहित ९ जनाको मृत्यु भएको छ।

गएराति नरहरिनाथ–७ माल्कोट बागामा पहिरोले ....

कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका सातसहित ९ जनाको मृत्यु

कालिकोट, साउन १४ : कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका सातसहित ९ जनाको मृत्यु भएको छ।

गएराति नरहरिनाथ–७ माल्कोट बागामा पहिरोले घर पुरिँदा एकै परिवारका ७ जना र सोही गाउँपालिका वडा नम्बर ४, को माझगोठीमा दुई जना गरी ९ जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख (डिएसपी) श्यामबाबु ओलियाले जानकारी दिए।

घरमा सुतिरहेका बेला गएको पहिरोमा पुरिएका माल्कोट बागाका ६२ वर्षीय गंगे बुढा, उनकी पत्नी ६१ वर्षीया नैना, बुहारी २४ वर्षीया कुशा बुढा, नातिनी १० वर्षीया चन्द्रिका, नातिहरु ७ वर्षीय रामबहादुर र डेढ वर्षका चरित्र बुढाको शव भेटिएको  डिएसपी ओलियाले बताए। पहिरोमा परेर घाइते भएकी १२ वर्षीया विमला बुढाको पनि उपचारका क्रममा ज्यान गएको डिएसपी ओलियाले बताए। 

यस्तै, नरहरिनाथ गाउँपालिका–४, माझगोठीमा पहिरोमा बेपत्ता भएका ७० वर्षीय बाले बुढा र उनकी पत्नी ६५ वर्षीया मना बुढाको पनि शव भेटिएको डिएसपी ओलियाले जानकारी दिए। 

प्रकाशित मिति: १४:०१ बजे, बुधबार, साउन १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्