Kathmandu Press

लीलादेवी सिटौलाले लिइन् सांसद पदको शपथ

काठमाडौं, साउन १४ :  जनता समाजवादी पार्टीकी नेतृ लीलादेवी सिटौलाले प्रतिनिधिसभा सदस्यको शपथ लिएकी छिन्। 

बुधबार सिंहदरबारमा सभामुख....

लीलादेवी सिटौलाले लिइन् सांसद पदको शपथ

काठमाडौं, साउन १४ :  जनता समाजवादी पार्टीकी नेतृ लीलादेवी सिटौलाले प्रतिनिधिसभा सदस्यको शपथ लिएकी छिन्। 

बुधबार सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटाले सिटौलालाई सांसद पदको शपथ ग्रहण गराएका हुन्। सिटौला खस आर्य कोटाबाट सरिता गिरीको ठाउँमा सांसद भएकी हुन्। 

समाजवादी पार्टीले गिरीलाई पार्टीबाट निष्काशन गर्दै उनको स्थानमा सिटौलालाई सांसद बनाएको हो। निर्वाचन आयोगले सांसद पदमा निर्वाचित भएको घोषणा गर्दै संसद सचिवालयलाई पत्र पठाएपछि सिटौलालाई सांसद पदको शपथ ग्रहण गराइएको हो।

यसअघि भारतले अतिक्रमण गरेका कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर जारी गरिएको नक्सा संसदबाट पारित गर्ने क्रममा पार्टीको ह्विप विपरीत बैठक बहिष्कार गरेपछि गिरीलाई सांसदसँगै पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको थियो।

प्रकाशित मिति: १३:४१ बजे, बुधबार, साउन १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्