Kathmandu Press

महाकाली र कर्णालीमा बाढी, पानीको सतह सतर्कता तह पार

काठमाडौं, साउन १४ : दुई दिनदेखिको अविरल वर्षाले महाकाली र कर्णाली नदीमा बाढी आएको छ। दुवै नदीमा पानीको सतहले सतर्कता तह पार गरेको छ।

जल तथा ....

महाकाली र कर्णालीमा बाढी, पानीको सतह सतर्कता तह पार

काठमाडौं, साउन १४ : दुई दिनदेखिको अविरल वर्षाले महाकाली र कर्णाली नदीमा बाढी आएको छ। दुवै नदीमा पानीको सतहले सतर्कता तह पार गरेको छ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार बुधबार मध्याह्न महाकाली र कर्णालीमा पानीको सतह सतर्कता तहमाथि माथि पुगेको छ।

महाकाली नदीले डडेल्धुराको परिगाउँस्थित जलमापन केन्द्रमा सतर्कता तह पार गरेको हो। परिगाउँमा अहिले पानीको सतह ६ मिटर पुगेको छ। यो ठाउँमा सतर्कताको तह ५.८ मिटर हो भने खतराको तह सात मिटर हो।

त्यस्तै, कर्णाली नदीले कैलालीको चिसापानीस्थित जलमापन केन्द्रमा सतर्कताको तह पार गरेको हो। चिसापानीमा अहिले पानीको सतह १०.७ मिटर पुगेको छ। यो ठाउँमा सतर्कताको तह १० मिटर र खतराको तह १०.८ मिटर हो।

महाकालीमा पानीको सतह एकनासको रहेपनि कर्णालीमा भने बढ्दै गएको छ। केहीबेरमा खतराको तह पान गर्नसक्ने महाशाखाले जनाएको छ।

महाशाखाले महाकाली र कर्णाली नदीको तटीय क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ। आज साँझसम्म नै उच्च सकर्तता अपनाउन महाशाखाले सचेत गराएको छ।

 

प्रकाशित मिति: १३:३९ बजे, बुधबार, साउन १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्