Kathmandu Press

पहिराले पृथ्वीराजमार्ग अवरुद्ध

दमौली, साउन १४ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड पहिरोका कारण आज बिहानदेखि अवरुद्ध भएको छ। आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा स....

पहिराले पृथ्वीराजमार्ग अवरुद्ध
फाइल फाेटाे

दमौली, साउन १४ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड पहिरोका कारण आज बिहानदेखि अवरुद्ध भएको छ। आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा सुक्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो।

सडकभन्दा माथिको डाँडाबाट ढुंगा खसेपछि राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए। पहिरो पन्छाएर राजमार्ग पुनः सञ्चालन गराउने काम भइरहेको थापाले बताए। राजमार्ग अवरुद्ध भएपछि सर्वसाधारण बीच बाटामै रोकिएका छन्। 

प्रकाशित मिति: १२:४६ बजे, बुधबार, साउन १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्