प्रहरी प्रधान कार्यालयका थप चार प्रहरीमा कोरोना संक्रमण पुष्टि
काठमाडौं, साउन १४ : प्रहरी प्रधान कार्यालय नक्सालका थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणम....

काठमाडौं, साउन १४ : प्रहरी प्रधान कार्यालय नक्सालका थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप चार जना प्रहरीमा संक्रमण पुष्टि भएको हो।
प्रहरी प्रधान कार्यालयका एसएसपी कुबेर कडायतका अनुसार यस अघि संक्रमण पुष्टि भएका प्रहरीको कन्ट्याक्ट ट्रेसिङको आधारमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो। आज संक्रमण पुष्टि भएका चार जनामा भने कोरोनाको कुनै लक्षण नदेखिएको उनले बताए।
योसँगै प्रहरी मुख्यालयमा संक्रमित प्रहरीको संख्या ३५ पुगेको छ।
प्रकाशित मिति: १२:१३ बजे, बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











