Kathmandu Press

कालिकोटमा पहिरोले घर पुरिँदा ६ बेपत्ता

कालिकोट, साउन १४ : पहिरोले घर पुरिँदा कालिकोटको नरहरीनाथ गाउँपालिका ७ मा ६ जना वेपत्ता भएका छन्।

आज बिहान ४ः१५ बजे खसेको पहिरोले स्थानीय गंग....

कालिकोटमा पहिरोले घर पुरिँदा ६ बेपत्ता

कालिकोट, साउन १४ : पहिरोले घर पुरिँदा कालिकोटको नरहरीनाथ गाउँपालिका ७ मा ६ जना वेपत्ता भएका छन्।

आज बिहान ४ः१५ बजे खसेको पहिरोले स्थानीय गंगे बुढाको घर पुरिएको प्रहरीले जनाएको छ। घर पुरिँदा ६२ वर्षीय गंगे बुढा, उनकी श्रीमती ६१ वर्षीया नैनी बुढा, बुहारी २४ वर्षीया कुश्मा, नातिनी १० वर्षीया चन्द्रिका, नातिहरु सात वर्षीय राम र १८ महिने चरित्रवेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय, कालिकोटले जनाएको छ।

बिहानै पहिरो गएको थाहा पाउने वितिक्कै स्थानीय वासिन्दा उद्धारमा खटिएका थिए। उनीहरुले चार जनाको उछार गरेका छन्। उनीहरु मध्ये गंगे बुढाकी छोरी विमला घाइते भएको प्रहरीले जनाएको छ।

स्थानीय वासिन्दा र प्रहरी टोली उद्धारमा खटिएको छ। उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तर, वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको छ।

यस अघि सोमबार बिहान पनि कालिकोटमा पहिरो गएको थियो। पहिरोमा रास्कोट नगरपालिका १ बडुवाल तोलाका जयबहादुर शाहीको घर पुरिएको थियो। पहिरोमा वेपत्ता भएका पाँच जनामध्ये तीन जनाको शव भेटिएको छ। दुई जना अझै वेपत्ता रहेको प्रहरीले जनाएको छ।

स्थानीय वासिन्दा र प्रहरीले मंगलबारदेखि खोजी जारी राखेका छन्। वर्षा भइरहेकाले खोजी कार्यमा समस्या भएको जनाएको छ।

प्रकाशित मिति: ११:३१ बजे, बुधबार, साउन १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्