Kathmandu Press

पर्सामा कैदीबन्दी र सुरक्षाकर्मीसहित ३४ जनामा कोरोना

वीरगञ्ज, साउन १४ : पर्साको वीरगञ्जमा कैदीबन्दी र सुरक्षाकर्मीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। बुधबार ३४ कोरोना संक्रमित थपिएका छन्।

....

पर्सामा कैदीबन्दी र सुरक्षाकर्मीसहित ३४ जनामा कोरोना

वीरगञ्ज, साउन १४ : पर्साको वीरगञ्जमा कैदीबन्दी र सुरक्षाकर्मीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। बुधबार ३४ कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो पटक नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ। नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायका अनुसार दुई सय ७४ जनाको नमुना परीक्षण गरिएको थियो।

अस्पतालका अनुसार कोरोना देखिएहरुमध्ये पाँच जना बालबालिका पनि छन्। नयाँ संक्रमितहरु दुई वर्षदेखि ६५ वर्षसम्मका छन्।

त्यस्तै, संक्रमितहरुमध्ये कैदीबन्दी ६, नेपाल प्रहरी तीन र नेपाली सेनाका एक जना रहेका छन्। दुई जना कारागारका कर्मचारी र एक जना स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएको डा.उपाध्यायले बताए।

कोरोना देखिएहरुमध्ये २० जना वीरगञ्जकै रहेका छन्। उनीहरु वडा नं. ४, ५, ९ र ११ का वासिन्दा रहेको जनाएको छ।

पर्सामा सममुदायमा कोरोना संक्रमण देखिएको छ। वीरगञ्जमा समूहमा परीक्षण गर्न थालिएको छ। अझै एक हजार पाँच सय नमुना परीक्षण गर्न बाँकी रहेको अस्पतालका डा.उपाध्यायले बताए।

 

प्रकाशित मिति: १०:१८ बजे, बुधबार, साउन १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्