Kathmandu Press

आज पनि देशभर वर्षाको सम्भावना

काठमाडौं, साउन १४ : बुधबार देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा मेग गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देश....

आज पनि देशभर वर्षाको सम्भावना

काठमाडौं, साउन १४ : बुधबार देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा मेग गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। उक्त नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाइ यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

बिहीबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश २, बागमती, गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

शुक्रबार समेत देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: ०८:४४ बजे, बुधबार, साउन १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्