Kathmandu Press

स्याङ्जामा थप १६ जना प्रहरीसहित २५ जनामा कोरोना संक्रमण 

काठमाडौं, साउन १४ः स्याङ्जामा मंगलबार थपिएका २५ संक्रमितमध्ये १६ जना संक्रमित प्रहरी रहेको खुलेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार बेलुकी वि....

स्याङ्जामा थप १६ जना प्रहरीसहित २५ जनामा कोरोना संक्रमण 

काठमाडौं, साउन १४ः स्याङ्जामा मंगलबार थपिएका २५ संक्रमितमध्ये १६ जना संक्रमित प्रहरी रहेको खुलेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार बेलुकी विज्ञप्ति निकालेर स्याङ्जामा २५ संक्रमित थपिएको जानकारी दिएको थियो । 

सोमबार मात्रै स्याङ्जा प्रहरी प्रमुखसहित १८ जनालाई कोरोना पुष्टि भएको थियो । यसअघि पनि स्याङ्जामा २ हवल्दार र एक सिपाहीमा कोरोना पुष्टि भई सकेको छ । यो सँगै स्याङ्जामा ३७ प्रहरीमा कोरोना पुष्टि भएको छ । 

सार्वजनिक सवारी बन्द गरेर अत्यावश्यक बाहेकका काममा बाहिर ननिस्कनको लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आग्रह गरेको छ । 

 यस्तै वाग्लुङमा पनि थप ६ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४३० पुगेको छ । 

प्रकाशित मिति: ०७:१५ बजे, बुधबार, साउन १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्