Kathmandu Press

भारतमा एकैदिनमा थपिए ४९ हजार कोरोना संक्रमित 

काठमाडौं, साउन १४ : भारतमा एकैदिनमा ४९ हजार ६३२ नयाँ संक्रमित थपिएका छन् । सोमबार सर्वाधिक ५० हजारभन्दा बढीमा संक्रमण देखिएको भारतमा  मंगलबा....

भारतमा एकैदिनमा थपिए ४९ हजार कोरोना संक्रमित 

काठमाडौं, साउन १४ : भारतमा एकैदिनमा ४९ हजार ६३२ नयाँ संक्रमित थपिएका छन् । सोमबार सर्वाधिक ५० हजारभन्दा बढीमा संक्रमण देखिएको भारतमा  मंगलबार ४६ हजार ४८४ जनामा संक्रमण पुष्टि भएको थियो । बुधबार फेरि कोरोना संक्रमितको संख्या ३ हजारले बढेर ४९ हजार ६३२ पुगेको हो ।

यो सँगै भारतमा कुल संक्रमित संख्या १५ लाख ३२ हजार १३५ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो । संक्रमितमध्ये अहिलेसम्म ९ लाख ८८ हजार ७७० संक्रमणमुक्त भएका छन् भने ५ लाख ९ हजार १४१ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७७६ जनाको मृत्यु भएपछि बुधबार बिहानसम्म ज्यान गुमाउनेको ३४ हजार २२४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । 

प्रकाशित मिति: ०६:३७ बजे, बुधबार, साउन १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्