Kathmandu Press

शितल निवासमा राष्ट्रपतिसँग भेटेर बामदेव भेट्न भैंसेपाटी पुगे ओली

काठमाडौं, साउन १३ : प्रधानमन्त्री एंव नेकपाका अध्यक्ष केपी शर्मा ओली शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेर उपाध्यक्ष बामदेव गौत....

शितल निवासमा राष्ट्रपतिसँग भेटेर बामदेव भेट्न भैंसेपाटी पुगे ओली

काठमाडौं, साउन १३ : प्रधानमन्त्री एंव नेकपाका अध्यक्ष केपी शर्मा ओली शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेर उपाध्यक्ष बामदेव गौतमलाई भेट्न भैसेपाटी पुगेका छन्।

ओली मंगलबार साँझ राष्ट्रपति भण्डारीसँगको परामर्शपछि गौतमलाई भेट्न भैंसेपाटी पुगेका हुन्। गौतमले मंगलबार पार्टीको समस्या समधानका लागि भन्दै ६ बुँदे प्रस्ताव पेश गरेका थिए। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालाई छोडेर आफुतिर आएलगत्तै ओली गौतम भेट्न पुगेका हुन्। ओली र गौतमबीचको छलफलमा महासचिव विष्णु पौडेल समेत छन्।

ओली श्रीमती राधिका सहित गौतम निवास भैसेपाटी गएका हुन् । 


 

प्रकाशित मिति: २१:१४ बजे, मंगलबार, साउन १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्