लगानीकर्ता आन्दोलित, सेयर बजार ५.८२ अंकले ओरालो लाग्यो
काठमाडौं, चैत १०ः लगानीकर्ताको आन्दोलनका कारण सेयर बजार ५.८२ अंकले घटेर आइतबार ११३४.८० अंकमा आइपुगेको छ। नेपाल धितोपत्र बोर्डमा लगानीकर्ताले बजार....

काठमाडौं, चैत १०ः लगानीकर्ताको आन्दोलनका कारण सेयर बजार ५.८२ अंकले घटेर आइतबार ११३४.८० अंकमा आइपुगेको छ। नेपाल धितोपत्र बोर्डमा लगानीकर्ताले बजार सुधारको माग गर्दै ताला समेत लगाएका थिए। मध्यन्हमा प्रहरी लगाएर बोर्डले ताला खोलेको थियो।
आइतबार १ सय ६६ वटा कम्पनीको २३ करोड २४ लाख रुपैयाँ बराबर ८ लाख ३० हजार ६८ कित्ता सेयर कारोबार भएको छ। हाइड्रोपावरको झिनो अंकले सुधार देखिएपनि बाँकी सूचक र उपसूचक ओरालो लागेका छन्।
आजैदेखि कारोबार सुरु भएका दुई कम्पनी शिवम् सिमेन्ट र युनिभर्सल पावरको घट्ने क्रममा सर्किट लागेको हो। आशा लघुवित्त वित्तीय संस्थाको अधिकतम एक करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ। नागवेली लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले ३ प्रतिशतले कमाएका छन्।











-1754206481.jpg)