Kathmandu Press

काठमाडौं उपत्यकाका थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन १३ : गत २४ घण्टामा काठामाडौं उपत्यकामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशा....

काठमाडौं उपत्यकाका थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन १३ : गत २४ घण्टामा काठामाडौं उपत्यकामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका एक र काठमाडौंका ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।

त्यस्तै, शुक्रराज ट्रेपिकल तथा सरुवारोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ९ जना र ललितपुरका एक जनामा संक्रमण पुष्टि भएको छ। 

पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरका एक जनामा संक्रमण पुष्टि भएको छ। 

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका एक र प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यस्तै, स्टार अस्पताल सानेपाको प्रयाेगशालामा गरिएको परीक्षणमा काठमाडौंका ६ र ललितपुरका २ जना संक्रमण पुष्टि भएको हो। 

योसँगै नेपालमा कोरोनाबाट संक्रमितकाे संख्या १९ हजार ६३ पुगेको छ।

प्रकाशित मिति: १६:३६ बजे, मंगलबार, साउन १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्