Kathmandu Press

थप ३११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन १३ : नेपालमा थप तीन सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

मंगलबार विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप त....

थप ३११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन १३ : नेपालमा थप तीन सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

मंगलबार विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप तीन सय ११ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।योसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या १९ हजार ६३ पुगेको छ।

पाँच हजार ३२ जनाकाे स्वाब संकलन गरी परीक्षण गर्दा ३११ जनामा संक्रमण पुष्टि भएकाे हाे। आज देशभर एक सय २१ जना निको भएर डिस्चार्ज भएका छन्। याेसँगै हालसम्म १३ हजार ८ सय ७५ जना कोरोनाबाट मुक्त भएका छन्।

 

प्रकाशित मिति: १६:२३ बजे, मंगलबार, साउन १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्