स्थायी कमिटी बैठक ओली-प्रचण्डबीचको सहमतिपछि मात्रै बस्ने
काठमाडाैं, साउन १३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकको मिति दुई अध्यक्षले सहमति गरेर तय गर्ने भएका छन्।
बाल....

काठमाडाैं, साउन १३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकको मिति दुई अध्यक्षले सहमति गरेर तय गर्ने भएका छन्।
बालुवाटारमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीइतर समूहको स्थायी कमिटी भेलाले सहमति कायम गरेर बैठकको मिति तोक्न नेतृत्वलाई सल्लाह दिएका छन्।
अब अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको सहमतिबाटै मिति तय हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 'आजको बैठकले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री ओलीजीसँग सहमति खोज्न जिम्मा दिएका छौं। अब ओली–प्रचण्डजीबीच छलफल भएपछि मात्रै अर्को बैठकको मिति तय हुनेछ,' श्रेष्ठले भने।
असार १८ गते यता नेकपाको स्थायी कमिटी बैठक नौँ पटक स्थगित भइसकेको छ। मंगलबार तय भएको बैठक अध्यक्ष ओलीले एकतर्फीरुपमा स्थगित गरेका थिए। उनले बैठक स्थगित गरेपछि अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल पक्षका स्थायी कमिटी सदस्यको बैठक बालुवाटारमै बसेको थियो।











