गौतम बुद्ध विमानस्थलका कर्मचारी चार लाख घुससहित पक्राउ
बुटवल, साउन १४ : गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगीसहित दुई जना चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अ....

बुटवल, साउन १४ : गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगीसहित दुई जना चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलले मंगलबार विमानस्थलका कार्यालय सहयोगी विश्वनाथ प्रसाद लोध र मतियार महेन्द्रप्रसाद यादवलाई भैरहवास्थित सेन्चुरी बैंक लिमिटेडबाट चार लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो।
उनीहरुले विमानस्थलले अधिग्रहण गरेको जग्गाको मुआब्जा दिलाउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग चार लाख घुस लिएका थिए।
जग्गाको मुआब्जा दिलाउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग चार लाख रूपयाँ घुस रकम माग गरेको भन्ने सूचनाका आधारमा खटिएको आयोगको टोलीले सिद्धार्थनगर–५ स्थित सेन्चुरी बैंक लिमिटेडबाट रकमसहित रंगेहात नियन्त्रणमा लिएको कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए।
उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको भुसालले जानकारी दिए।











